विमानस्थलमा भएको आगलागी छानबिन गर्न समिति गठन…

ताजा समाचार

भुवन विमानस्थलस्थित कफी सपमा भएको आगलागी छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मंगलवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङले सोमवार साँझ सवा ५ बजे भएको आगलागीको विस्तृत छानबिन गर्न समिति गठन गरिएको जानकारी दिएका हुन् ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालय नक्सालका प्रहरी उपरीक्षक केदार ढकाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक कूल प्रसाद सिंखडा र प्राधिकरणकै उपनिर्देशक विक्रम गौतम रहने गरी छानबिन समिति गठन गरिएको हो ।

समितिलाई छानबिन गर्न ७ दिनको समयसीमा दिइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगलागीका सम्भाव्य कारणहरू पत्ता लगाई भविष्यमा विमानस्थलको संचालनमा असर पुग्न नदिने उद्देश्यले के कस्तो सुरक्षा सतर्कता अपनाउन पर्ने हो, सो सम्बन्धमा अनुसन्धान एवं जाँचबुझ गरी भविष्यमा यस्ता घटना दोहोर्याउन नदिन नेपाल सरकार सचिवस्तरको मिति २०७६/१०/२८ को निर्णय बमोजिम घटनाको सत्य तथ्य बुझी ७ दिनभित्र सुझावसीताको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्न देहायको एक छानबिन समीति गठन भएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *