चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने सरकारको निर्णय..

काठमाडौं । चीनमा रहेका नेपाली नागरिकलाई फागुण ३ गते स्वदेश ल्याइने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा रहेका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय गरेको हो ।

नोबेल कोरोना भाइ’रसको संक्र’मण विश्वभर महा’मारीको रुपमा फैलन थालेपछि चीनमा रहेका आफ्ना नागरिकलाई फागुन ३ गते स्वदेश ल्याउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । पहिलो चरण १ सय ८५ जनालाई स्वदेश ल्याइने समेत मन्त्री बास्कोटाले जानकारी दिए ।

स्वदेश ल्याइएका उनीहरुलाई भक्तपुरस्थित खरिपाटीमा राख्नका लागि १ सय ९९ वटा ‘क्यारेन्टाइन’ रुमको व्यवस्थापन समेत भएको छ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मगंलबार सांसदहरुको प्रश्नको जवाफमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनबाट नेपाली नागरिकलाई छिटै नेपाल ल्याइने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed