रुवाण्डाको विकासबाट नेपालले सिक्नुपर्ने पाठ..हाम्रो नेताहरु सम्म पुग्ने गरी सेयर गरौ।

ताजा खबर पत्रपत्रिकाबाट

सरोज गौतम
लेखक साझा युवा संगठनका महासचिव हुन् ।

मीकहाँ समृद्ध नेपालको बारेमा टोलदेखि चोक-चोकमा बहस हुन्छ । समृद्ध र विकसित मुलुक निर्माण गर्ने नाममा हामी अनेक खालका व्यवस्थाको अन्त्य गरेर आजको ठाउँमा उभिएका छौं । संसारभरि राष्ट्र बलियो या समृद्ध बन्ने कुनै विश्वव्यापी फर्मूला छैन । हरेकले अन्यका अनुभव र अनुभूतिबाट सिक्दै आफ्नो माटो सुहाउँदो विकास गर्ने हो ।यो खबर सरोज गौतमले लेखेका लोकान्तर डटकम मा प्रकाशित छ ।

विभिन्न खालका उदाहरणमध्ये रुवाण्डा पनि एक उदाहरण हो । हामीले हुर्कंदै गर्दा गरीबको देश, भोकमरीको देश, द्व’न्द्व र नर’संहारबाट गुज्रेको देश भनी चित्रित गरेको रुवाण्डा कति छिटै प्रगतिपथमा लम्क्यो भन्ने पाठ हाम्रा लागि ऊर्जा बन्न सक्छ । हाम्रोभन्दा कम विविधता भएर पनि अकल्पनीय जातीय नरसं’हार व्यहोरेको रुवाण्डा कसरी कं’कालमाथि टेकेर विकासको पथमा लम्कियो ? यो आलेखमा त्यसैको वरिपरी रहेर चर्चा गरिनेछ ।

करीब १० लाख मान्छेहरूको आन्तरीक जातीय द्व’न्द्वबाट नरसंहार भएको तितो यथार्थबाट गुज्रिएर कं’कालमाथि समृद्ध मुलुक बन्ने सपनासँगै तंग्रिएको मुलुक हो रुवाण्डा । ३६ हजार ३ सय ३८ वर्ग किलोमिटर क्षेत्रफलमा सहारा मरुभूमिको एउटा किनारमा अवस्थित भूपरिवेष्ठित सफ्रिकाको सानो मुलुक रुवान्डाको उत्तरमा युगान्डा, पश्चिममा कंगो, दक्षिणमा बुरुण्डी र पूर्वमा तान्जानीया छन् ।

मानव ईतिहासको बिर्सनलायक ठूला नरसंहार मध्येकै नरसंहार व्यहोरेको यो सानो अफ्रिकी देश आज प्रगतिको बाटोमा छिटो छिटो यसरी लम्किरहेको छ कि अहिलेका विश्वस्तरमा अर्थशास्त्रको अध्ययन गर्ने, विकासको अध्ययन गर्ने, तीव्र गतिमा आर्थिक विकास हुनुका सम्भावनाहरूको खोजी गर्नेहरूको तथा लगानी गर्न खोज्नेहरूको आकर्षक मुलुक बनेको छ ।

विश्वभरका लगानीकर्ताको आकर्षणको क्षेत्र बन्नुको पछाडि उसले थुप्रै कामहरू गरेको छ । त्यही कारणले आजको युगका गरीब या विकासोन्मुख देशको रोल मोडल मुलुकको रूपमा रुवाण्डालाई लिइने गरिन्छ । अफ्रिकी महाद्वीपको सिंगापुरका नामले चिनिने रुवाण्डाले आजको यात्रा तय गर्न निकै कठीन विगत व्यहोर्नु परेको थियो, त्यो कठीनाईलाई बिर्सेर यो यात्रा तय गर्नु कम चुनौतीपूर्ण थिएन ।

रुवाण्डाको त्यो बिर्सनलायक समय

रुवाण्डा अफ्रिकी मुलुकहरूमध्ये खासै ठूलो जातीय र सांस्कृतिक विविधता भएको मुलुक होइन । तर बेल्जियमले उक्त मुलुकमा आफ्नो उपनिवेशाकाल चलाउने बेलामा हुतु र तुत्सी दुई जातीय समुदायलाई पालै-पालो प्रयोग गर्ने तथा एक अर्काका विरु’द्ध जातीय विद्वेष फैलाउने काम गरेको थियो । १९६५ मा यी दुवै जातिको जातीय वैमनस्यताका वाबजुद रुवाण्डा स्वतन्त्र बन्यो ।

करीब ८५ प्रतिशत हुतु र १४ प्रतिशत तुत्सी रहेको यो मुलुकमा तुत्सीहरू सामाजिक आर्थिक हैसियतमा राम्रो मानिन्थे । कृषि पेशामा आवद्ध हुतुहरू गरीब थिए । स्वतन्त्र भएपछिको चुनावमा हुतुहरूले जिते । पछि १९९४ मा हुतु राष्ट्रपतिलाई तुत्सी समर्थक वि’द्रोहीले ह’त्या गरेपछि यी दुई जातिबीचको संघर्ष उत्कर्षमा पुगेको थियो ।

त्यतिबेला हुतुसमर्थक रेडियोबाट सबै तुत्सीहरूको ह’त्या गर्न उक्सैयो र स्वयं सेनाले नै ह’तियार बाँड्ने काम गर्यो । करीब १०० दिनसम्म चलेको उक्त न’रसंहारमा १० लाख मान्छेहरू मा’रिएका थिए । मानव इतिहासकै यो स्तरको न’रसंहारबाट उठेर आज रुवाण्डाले जुन आर्थिक फड्को मारेको छ, हाम्रो जस्तो विकासोन्मुख देशका लागि यो एउटा सिक्ने राम्रो नमूना हुन सक्छ ।

न’रसंहारपछि रुवाण्डाको यात्रा

करीब १० लाख मान्छे मारिएपछि तुत्सीहरू नजिकको देशमा शरण लिन पुगे । त्यतिबेला हाल रुवाण्डाको राष्ट्रपति रहेका पल कागामे लगायतको संलग्नतामा आरपीएफ नामको सैन्य वि’द्रोही संगठन बन्यो र बिस्तारै त्यो सैन्य संगठनले रुवाण्डाका धेरै भू-भागलाई आफ्नो नियन्त्रणमा लियो । सन् २००० मा सत्तामा पुग्नासाथ कागामेले देश बदल्ने अभियान चलाए । हालको रुवाण्डाको प्रगतिको श्रेय पनि उनै कागामेलाई जाने गर्छ ।

उनी राष्ट्रपति बन्नासाथ जातीय हिसाबले थप हिँ’सा नभ’ड्कोस भनेर जातीय रूपमा पहिचान नै गर्न नपाउने व्यवस्था गरे । उनै कागामेले विभिन्न क्षेत्रको विज्ञ टोली बनाई चीन, भियतनाम, सिंगापुर लगायत विकासको गतिमा अघि बढेका मुलुकहरूको भ्रमण गराए । तिनै विज्ञहरूको निष्कर्ष नै रुवान्डाको संविधानको मुख्य आधार थियो । सन् २००० मै देखेको भिजन र नारा अनुरुप नै विभिन्न ४४ वटा क्षेत्र तोकेर रुवाण्डाले काम गरिरहेको छ ।

अहिले कस्तो छ रुवाण्डा ?

सन् २०१७ मा पुनर्निर्वाचित पल कागामे फेरि सात वर्षका लागि राष्ट्रपति निर्वाचित भएका छन् । उनी सन् २००० देखि नै सत्तामा छन् । उनकै नेतृत्वमा अहिले रुवाण्डालाई प्राविधिक हबको रूपमा स्थापित गर्ने गरी काम गरिएको छ । कागामे नेतृत्वको सरकारले आधारभूत संरचनाको विकासमा जुन गतिमा काम गरिरहेका छन्, त्यसले रुवाण्डालिई व्यवसायमैत्री देश बनाउन टेवा पुर्याएको छ ।

डुइङ बिजनेस इन्डेक्समा अफ्रिकाकै पहिलो स्थानमा रुवाण्डा रहेको छ । संसदमा महिलाहरू ५० प्रतिशत हुनुपर्ने बाध्यकारी व्यवस्था छ जसले अन्य स्क्यान्डेभियन मुलुकमा भन्दा पनि राम्रो महिलाको प्रतिनिधित्व देखाएको छ ।

अहिले वैदेशिक लगानीका लागि रुवाण्डा आकर्षणको केन्द्र बनेको छ । अमेरिका, चीन लगायत संसारका विकसित देशहरूले यहाँ करोडौं डलरको लगानी गरेका छन् ।

व्यापार व्यवसाय दर्ता गर्न कुनै झन्झटिलो प्रक्रिया छैन । प्रक्रिया शुरू गरेको २ दिनमा व्यापार व्यवसाय दर्ता गर्न सकिन्छ, जुन संसारका अन्य विकसित मुलुक भन्दा पनि कम झन्झटिलो हो । रुवाण्डा सन् २०३५ सम्ममा मध्यम आय भएको मुलुक र २०५० सम्म उच्च आय भएका मुलुकहरूको सूचीमा पर्ने गरी काम गरिरहेको छ ।

रुवाण्डाको कर्मचारीतन्त्र अत्यन्तै चुस्त र परिणाममुखी मानिन्छ । रुवाण्डाले उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष तवरले लागिपरेको छ । जसले स्वरोजगार निर्माण, रुवाण्डाको मजबुद अर्थतन्त्र निर्माणमा भूमिका खेलेको छ । हाम्रोजस्तो पाखुरा र पसिना अन्य देशमा लगेर बेच्न प्रोत्साहन गर्ने मुलुकले उनीहरूबाट धेरै सिक्न जरुरी छ ।

सन् २०१९ को तथ्यांक अनुसार रुवाण्डा करीब ७ दशमलव ८ अंकसहित संसारकै छिटो आर्थिक वृद्धिदर भएको मुलुकका रूपमा स्थापित छ । रुवाण्डाको साक्षरता प्रतिशत वार्षिक १३ प्रतिशतका दरले बढिरहेको छ । रुवाण्डाको करीब ८० प्रतिशत जनसंख्या कृषिमा आबद्ध छ । अहिले रुवाण्डाको प्राथमिकता कृषिमा आधारित अर्थतन्त्रलाई कसरी ज्ञानमा आधारित अर्थतन्त्रका रूपमा लैजान सकिन्छ भन्नेमा केन्द्रित छ ।

सार्वजनिक यातायात, आधारभूत स्वास्थ्य जस्ता धेरै क्षेत्रमा रुवाण्डाले चामत्कारिक प्रगति गरेको छ । राज्य र कोरियन टेलिकमको सहकार्यमा करीब ९२ प्रतिशत भन्दा धेरै जनतालाई निशुल्क ४ जी उपलब्ध गराएको छ । करीब ८८ प्रतिशत भन्दा धेरै बालबालिका विद्यालय जान्छन् ।

उच्च जनसंख्याको घनत्व भएको मुलुक भएर पनि शहर र बस्तीहरू सफा छन् । रुवाण्डाले राजधानी लगायत अन्य शहरमा गरेको फोहोरमैला व्यवस्थापन संसारमै अनुकरणीय व्यवस्थापन मानिन्छ ।

रुवाण्डाले जातीय द्व’न्द्वबाट गुज्रेको छोटो समयमै आफूलाई प्रगतिपथमा लगायो । यसबाट नेपालले धेरै कुरा सिक्न सक्छ ।यो खबर सरोज गौतमले लेखेका लोकान्तर डटकम मा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *