एमसीसी दुई सातामै पास गर्ने प्रधानमन्त्रीको आश्वासन…हेर्नुहोस् ।

काठमाडौँ– सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्झौता संसदमा अनुमोदनलाई लिएर विवाद देखिएको बेला एमसीसीका एक उच्च अधिकारीलाई प्रधानमन्त्री केपी ओलीले सरकार सम्झौता अनुमोदन गर्न प्रतिवद्ध रहेको आश्वासन दिएका छन्।

हालै नेपाल आएका एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससँग चार दिनअघि प्रधानमन्त्री निवासमा भएको भेटघाटमा प्रधानमन्त्रीले आउँदो दुई साताभित्र उक्त सम्झौता संसदबाट पारित गराउने आश्वासन दिएको बुझिएको छ।

यसैबीच सत्ताधारी पार्टीमा एमसीसीका केही प्रावधानहरु राष्ट्रिय हित प्रतिकूल भएको भन्दै एउटा समूहले आपत्ति जनाएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले निर्धारित १० दिनमा प्रतिवेदन र सुझाव बुझाउन नसकेपछि पार्टी नेतृत्वसँग थप १० दिनको समय माग गरेको छ।

तर त्यसबारे पार्टी नेतृत्वले औपचारिक निर्णय लिइनसकेको पार्टी स्रोतले जानकारी दियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed