बुबा र आमा दुवैलाई गुमाएका यि नानीहरु, पढाई खर्च नभएपछि यस्ताे…एक पल्ट अवस्य पढ्नुहोस् ।सक्दो सेयर गरौ।

काठमाडौँ । आ*माबुबा दुवै गुमाएका दुई छोरीलाई विदेशमा बस्ने नेपालीले दुई लाख ८४ हजार आर्थिक सहयोग गरेका छन् । नेपालगञ्जका सीता बस्नेत तीन वर्षअघि जन्डिसले श्रीमान्को मृत्यु भएपछि दुई छोरी लिएर पोखरा महान*गरपालिका–१७ बेलघारी माइतीको शरणमा आउनु*भएको थियो । उनको मनिपाल अस्पतालमा उपचारका क्रममा गत पुस १० गते निधन भएपछि अहिले दुई छोरी अभिभावक गुमाउनुको पीडामा रहेका छन् ।

सेतो वस्त्र लगाएर १३ दिन नै माताको किरिया बसेका १४ र ११ वर्षीया पूजा र पुष्पाको तस्बिर सामा*जिक सञ्जा*लमा भावुकताले छाएको थियो । ती दिदी बहिनीका कारुणिक तस्बिर र कमजोर आर्थिक अवस्थाबारे डेनमार्कमा रहेका जाग्रिला केसी र उनका श्रीमान् अरविन केसीले रु एक लाख १७ हजार सङ्कलन गरेर नेपाल पठाएका छन् ।

सो रकम उनका दिदी सा*ग्रिला केसीले उनीहरुले आश्रय लिइरहेको मावली घर पोखराको बेलघारीमा पुगेर हस्तान्तरण गरे । चेक हस्तान्तरण गर्दै साग्रिला केसीले भने, “अभिभावक गुमाउनुको पीडा र त्यसमाथि कमजोर आर्थिक अवस्थाका कारणले उनीहरुको भविष्य नबिग्रियोस् भनेर सहयोगमा जुटेका हौँ ।” उनले डेनमार्कबाट बहिनीज्वाइँले सङ्कलन गरेर पठा*एको रकममा तीन हजार थपेर एक लाख २० हजार हस्तान्तरण गरेको बताए ।

त्यसरी नै नेदल्यान्ड बस्ने मीना र कुश बजगाईंले पनि आफूहरु र साथीभाइबाट सङ्कलित एक लाख ६४ हजार रकमको चेक हस्तान्तरण गर्नुभयो । “आर्थिक अवस्था निकै कमजोर रहेछ, आश्रय लिएर बसिरहेको मामा*को घर पनि सानो भएकाले उनीहरुका लागि छुट्टै कोठा बनाउ*नसमेत पहल भएको रहेछ, यसको निर्माणमा सहयोग होस् भनेर रकम सङ्कलन गरेर हस्तान्तरण गरेका हौँ ।” उनले अभिभावक गुमाएका पूजा र पुष्पाको मनोबल कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

चेक ग्रहण गर्दै पूजाले आफू*हरुलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति आभार व्यक्त गरिन् । उनले आफू पढेर नर्स बन्ने लक्ष्य राखेको बताइन् । त्यसै*गरी पुष्पाले आफू इञ्जिनीयर बन्ने लक्ष्य रहेको सुनाइन् । दुवै जनाले भविष्यमा सामाजिक क्षेत्रमा समेत सक्रिय रहने चाहना व्यक्त गरे । हजुरबुबा रामबहादुर अधिकारीले नातिनीहरुका नाममा सङ्कलित करीब ६ लाख रकमलाई टोल विकास समिति अध्यक्षको रोहवरमा बैंकमा राखिएको र उनीहरु १८ वर्ष पुगेपछि मात्र भोगचलन गर्न पाउने गरी जम्मा गरिदिएको बताए ।

उनले भने “धेरै थोरै सहयोग रकम आइरहेको छ, अहिले सानो घरमा बसेका छौँ नातिनीहरुलाई पढ्न, लेख्न र बस्न सजिलो होस् भनेर पछाडि उनीहरुका लागि एउटा कोठा बनाउँदैछौँ । सहयोग गर्नेहरुप्रति आभारी छौँ ।” सहयोगी मनहरुका साथ र सहयोगले नातिनीहरुलाई ऊर्जा मिल्ने र भविष्यमा पढ्न चाहेको विषय पढेर आफ्नो भविष्य बनाउन सक्ने विश्वास व्यक्त गरे ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.