को’रोना त्रास : माइतबाट फर्किएकी श्रीमतीलाई श्रीमानले घरमा बस्न नदिएपछि…

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलिया जिल्लाका एक व्यक्तिले को’रोना भाइर’स संक्र’मणको डर’ले माइतबाट २ महिनापछि फर्किएकी श्रीमतीलाई घरमा बस्न दिन इन्कार गरेका छन् ।विहारको सिवानबाट घर भएकी २८ वर्षकी बबिता देवी र बलियाका गणेश प्रसादको आजभन्दा ५ वर्ष अगाडि विवाह भएको थियो ।

बबिता दुई महिना अगाडि माइत गएकी थिइन् । बबिता देवीले भारतीय सञ्चारमाध्यमहरुसँग २ महिनाको समय पछि घर फर्किदा श्रीमानले को’रोना भा’इरसको डरले घरमा बस्न नदिएको बताएकी छन् ।त्यसपछि उनी तत्काल जिल्ला अस्पताल गइन् र अहिले पनि उनी त्यहिँ रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो पनि हेर्नुहोस् …नर्वेमा बेरोजगारी दरले ९० वर्षको रेकर्ड तोड्यो

को’रोना भाइ’रसका कारण नर्वेको अर्थतन्त्रमा ऐतिहासिक नोक्सानी भएको छ । को’रोना भा’इरसका कारण नर्वेमा हालसम्मकै सबैभन्दा धेरै मान्छे बेरोजगार भएको तथ्यांकले झण्डै ९० दशक लामो रेकर्ड ब्रेक गरेको हो ।

बीबीसीका अनुसार को’रोना भा’इरसका कारण पछिल्लो दुई महिनाको अवधिभित्र नर्वेमा कुल जनसंख्याको १४.७ प्रतिशत आंशिक वा पूर्ण रुपमा बेरोजगार भएका छन् ।पछिल्लो समय २०१६ मा ४ प्रतिशतको हाराहारीमा बेरोजगारहरु हुँदा राष्ट्रिय बहसको मु’द्दा बनेको नर्वेको बेरोजगारी दर कोरोनाको कारण १४ प्रतिशत नाघेको हो ।

गत फेब्रुअरीमा २.३ प्रतिशतबाट बढेर एकैपटक १०.९ प्रतिशत पुगेको थियो । अहिले बेरोजगार हुनेहरुमा पर्यटन र खुद्रा व्यवसायीहरु धेरै रहेको रोयटर्सले जनाएको छ ।रोयटर्सका अनुसार नर्वेमा बढेको यो बेरोजगारी दर नर्वेको इतिहासमा १९३० पछिको सबैभन्दा धेरै हो ।नर्वेमा अहिलेसम्म को’रोना भा’इरसका कारण ५७ जनाको ज्यान गएको छ भने पाँच हजार दुई सय ५६ जना यसबाट सं’क्रमित भएका छन् ।

नोट : Daily News Nepal मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई dailynewsnepali@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. © Daily News Nepal | Design by Krishna Bishunkhe.