मन्त्री र सांसदको तलब नकाटिने, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने – अचम्मको देश नेपाल , यो त अत्ति भयोनी सरकार ?

प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाट्ने तर ड्युटीमा खटिएका प्रहरीको तलब काट्ने

काठमाडौं- सडकमा दिनरात खटिने प्रहरीको तलव काटेर कोरोना कोषमा जम्मा गरिने निर्णय बिबादित बनेको छ ।प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भनिएपछि जनस्तरबाट बिरोध भैरहेको छ ।उता प्रधानमन्त्री, मन्त्री र सांसदको तलब नकाटिने तर, ड्युटीमा खटिएका प्रहरीको तलब काटिने भएपछि यसको थप बिरोध हुने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पनि त्यसो हुन भने सकेन ।सामाजिक सञ्जालमा थुप्रैले सांसद विकास कोषको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न सुझाव दिएका थिए ।

तर पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा त्यो परेन । अहिले प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *