सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने..हेर्नुहोस् ।

सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । सहकारी संस्थाहरुले जथाभावी ब्याज असुली रहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरलाई मुख्य आधार बनाएर सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिस […]

Continue Reading

बिदेशबाट फर्केका युवाहरु सहुलियत ऋण लिन बैंक जादा खाली हात,बैंक धाउनेको गुनासो यस्तो छ

काठमाण्डौ।राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने भनेको सहुलियत कर्जा लिन कठिनाइ भएको सेवाग्राहीले गुनासो गरेका छन् । बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम सञ्चालनका लागि सहुलियत कर्जा दिने भनेको भए पनि कर्जा लिन भने कठिनाई भएको उदयपुर कटारी नगरपालिका १ का युवा सुवास थापाले गुनासो गर्नुभयो । आफूले गाउँमा वेल्डिङ उद्योग सञ्चालन गर्ने भनेर बैंकमा कर्जा […]

Continue Reading

अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने, यस्तो छ पैसा निकाल्ने प्रक्रिया

अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । हाम्रो टेक्नोलोजी प्रालिले कार्ड रहित एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउने भएको छ । टेक्नोलोजीले अहिले त्यसको सफल परीक्षण गरिरहेको पनि जनाएको छ सिभिल बैङ्कसँगको सहकार्यमा कार्डविना नै पैसा निकाल्न पाइने व्यवस्थाको औपचारिक उद्घाटन यही वैशाखभित्र गर्ने हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले रातोपाटीलाई बताए । एम […]

Continue Reading

व्यवसायसँगै समाज सेवा

वसन्तप्रताप सिंह:बझाङ — थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका भुवनेश्वर उपाध्यायसँग पराजित भए । उनीजस्तै अधिकांश स्थानीय तहमा पराजित उम्मेदवारहरू जितेकाहरूले गरेका जुनसुकै कामको पनि आलोचना गर्दै हिंड्ने गरेका छन् । तर राम खातीले […]

Continue Reading

इन्धनको मूल्य यथावत, स्वचालित प्रणाली बिफल बन्दै

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राखेको छ । भारतीय आयल निगम (आइओसी)ले पठाएको मूल्यअनुसार डिजेल र पेट्रोलमा मूल्य बढेपनि नेपालमा मूल्य यथावत् राख्ने निर्णय गरिएको हो । ‘अप्रिल १६ मा पठाएको मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ४३ पैसा र डिजेलमा प्रतिलिटर ०.७२ पैसा बढेर आएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने […]

Continue Reading

सहकारीकाे करडौं रूपैयाँ अपचलन गर्ने मुख्य संचालक पोखराबाट पक्राउ

विराटनगर । विराटनगर – ९ बाटारोडमा रहेको प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको करडौं रुपैयाँ अपचलन गरि फरार भएका मुख्य सञ्चालक पक्राउ परेका छन् । बचतकर्ताले जम्मा गर्न दिएको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखराबाट आइतबार दिउँसो पक्राउ गरेको हो । लामो समय देखी फरार रहेका श्रेष्ठलाई पक्राउ […]

Continue Reading

विदेशबाट फर्केकालाई १० र शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख ऋण दिइने…

काठमाडौँ — सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा ७ लाख रुपैयाँसम्म ऋण दिने उल्लेख गरे । सरकारले प्रधानमन्त्री रोजगारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले ३ अर्व १० करोड रुपैया बजेट छुट्टाएको छ । […]

Continue Reading

चिया बेचेरै मासिक ३ लाख

विराटनगर — मिहिनेत, लगन तथा समर्पणकासाथ अघि बढे सामान्य देखिने पेसाबाट पनि मनग्यै आम्दानी गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् विराटनगर महानगरपालिकाको सरोचिया बस्तीका ३२ वर्षीय अरुण सहनी । टिनको छाप्रोमुनि चिया बेचेर मासिक औसत ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी अहिले सबैका लागि प्रेरणीय छन् । महानगरमा चिया, पकौडा, प्याजी, पानीपुरी, चटेपटे एवं बदाम बेजेर मनग्यै […]

Continue Reading

भोर्लाको पातबाट पढाइ खर्च

गडमे (सिरहा) — कमजोर आर्थिक अवस्थाले जिल्लाको उत्तरवर्ती चुरे क्षेत्रमा विद्यालय जाने उमेरका बालबालिका अभिभावकसँगै किताब, कापी, कलम र पढाइ खर्च जुटाउन भोर्लाको पात टिप्छन् । आधारभूत र मावि तहमा अध्ययनरत मड्यान, खुट्टी, महाजनीका बालबालिका भोर्लाको पात बेचेर पढाइ खर्च जुटाउँछन् । उनीहरू ३ घण्टा पैदल पातको भारी बोकेर धनगढीमाई १२, गड्मे बजारमा ल्याएर बिक्री गर्ने र […]

Continue Reading

भारतमा ‘म:म’ व्यापारबाट करोडपति बने नेपाली युवा भारतका ९ प्रदेशमा वाउ म:मका १ सय ६० आउटलेट

कोलकाता (भारत) — ‘नेपालको लोकप्रिय खाजा म:मलाई ब्रान्डका रूपमा स्थापित गर्न सके गज्जब हुन्छ ।’ यही सोचले भारतको कोलकातामा व्यापार थालेका नेपाली युवा विनोद हुमागाईं अहिले करोडपति बनेका छन् । ‘वाउ म:म’ नामको उनको ब्रान्ड भारतमै सर्वाधिक रुचाइएको र विश्वसनीय ब्रान्ड बनेको छ । ३२ वर्षीय हुमागाईंले काभ्रे धुलिखेलको पुर्ख्यौली थलोबाट अध्ययन गर्नका लागि भारत छिरेका हुन् । केएफसी, […]

Continue Reading